• The Public Today
  • दिल्लीमा आँधीहुरीपछि भीषण वर्षा


    नयाँ दिल्ली, जेठ १ गते : भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार अपरान्ह आँधिहुरीपछि भीषण वर्षा भएको छ।

    बाक्लो असिना समेत परेको थियो। आँधिहुरी चल्दा दिल्लीको आकाश केही समय धुलाम्मे बनेको थियो। दिल्लीका कश्मिरी गेटलगायत स्थानमा चर्को गड्याङगुडुङसहित वर्षा भएको भारतीय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।

    भारतीय जल तथा मौसम विभागले बुधबार र बिहीबार राजधानीमा मौसम बदलीसहित भिषण वर्षा हुने पूर्वानुमान गरेको थियो। आईतबार पनि दिल्लीमा आँधिहुरी चल्दा आकाश धुलाम्मे बनेको थियो। त्यसपछि विषय वर्षा भएको थियो। एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस