• The Public Today
  • कसरी बढ्दैछ कोरोनाको संक्रमण ?


    जेठ २ गते : गत महिनाको सुरूमा अर्थात् अप्रिल २ मा कोरोना संक्रमितहरूको संख्या विश्वमा १० लाख थियो । त्यसको दुई हप्ताभित्रै यो संख्या दोब्बरले बढेर विश्वमा कोरोना संक्रमितको संख्या २० लाख पुग्यो ।

    अर्को १० लाख संक्रमणको लागि दुई हप्ताभन्दा कम समय लाग्यो र अप्रिल २८ मा आइपुग्दा विश्वभर कोरोना संक्रमितको संख्या बढेर ३० लाख पुग्यो ।

    मे १३ मा आइपुग्दा संक्रमितको संख्या बढेर ४० लाख नाघेको बीबीसीले जनाएको छ । कोरोना संक्रमणको क्रम अझै रोकिएको छैन ।

    चीनको वुहानबाट जनवरीको पहिलो हप्ताबाट सुरु भएको कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि हाल विश्वका धेरै देशमा लकडाउन छ । मानिसहरु अत्यावश्यक कामबाहेक घर बाहिर निस्किएका छैनन् । तर पनि संक्रमण भने रोकिएको छैन । तिव्र गतीमा फैलिरहेको छ । बाह्रखरी


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस