• The Public Today
  • बर्दिवासका मेयरलाई काँगेसको ध्यानाकर्षण


    बर्दिवास, जेठ २ गते । नेपाली काँग्रेस बर्दिवास नगर कार्य समितिले नगरभित्र कोरोनाको जोखिममा रहेका नागरिकलाई पीसिआर प्रविधिबाट कोरोना परिक्षणको व्यवस्था मिलाउन नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

    काँग्रेस नगरसभापति वाणिकराज काफ्लेको नेतृत्वमा नगरकार्य समितिले बर्दिवास नगरपालिकाका मेयर विदुर कुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

    उनीहरुले कोरोनाबाट त्रसित मानसिकता लिएर वाच्न विवश भएका नगरवासीलाई मानसिक एवं भौतिक राहत प्रदान गर्न कोरोनाको जोखिममा रहेका नागरिकलाई पीसिआर प्रविधिबाट कोरोना परिक्षणको व्यवस्था यथाशीघ्र सुरु गर्न माग गरेका छन् ।

    गत बैशाख ३१ गते महोत्तरी जिल्ला र छिमेकी मिथिला नगरपालिकामा समेत कोरोना संक्रमित पुष्टि भई विरामीहरु उपचाररत रहेककै अवस्थामा छिमेकी जिल्ला सिन्धुलीको भिमान समेत शील गरि परिक्षण सुरु भएकोले बर्दिवास नगरपालिका क्षेत्रहरुमा पीसिआर प्रविधिबाट कोरोना परिक्षणको आवश्यक्ता देखिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

    ध्यानाकर्षण पत्रमा भनिएको छ–विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रण गर्न विगत २ महिनादेखि सरकारले गरेको लकडाउनमा वर्दिवासवासीहरुले जीवन यापन गरिरहेको छ । यस्तो विकट अवस्थामा नगरभित्र रहेका मजदुर, गरिब तथा अतिविपन्नको पहिचान गरि अविलम्व राहत प्रक्रृया सुरु गर्न जोडदार माग गर्दछौं ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस