• The Public Today
  • इङ्ल्यान्डमा जून १ बाट केही विद्यालयले कक्षा सुरू गर्ने तयारी


    लण्डन, जेठ ३ गते  : इङ्ल्यान्डमा जून १ बाट केही विद्यालय खोल्ने तयारी गरिएको छ ।

    शिक्षामन्त्री ग्याभिन विलियमसनले सांसदहरूलाई यो हप्ता स्कूल खोल्नु ‘जिम्मेवार’ कदम हो भन्दै सुरक्षाबारे ‘त्रास फैलाउने’ कुरा अस्वीकार्य भएको बताएको बीबीसीले जनाएको छ । उनले भने, “विद्यार्थीहरूका लागि शिक्षा लिन र सिक्नका लागि सबभन्दा उचित स्थल विद्यालय नै हो ।”

    तर शिक्षकहरूको सङ्गठनको समूहले अहिले नै विद्यालय खोल्नु सुरक्षित नहुने भन्दै संस्थाको निर्णयको आलोचना गरेका छन् । विद्यालय खोलेपछि कक्षामा विद्यार्थीको आकार सानो राख्ने र कक्षालाई सञ्चालन गर्ने योजना ल्याइएको ओएसिस एकेडेमी ट्रष्ट नामको संस्थाका संस्थापक स्टीभ चाल्कले बताए ।

    उनीहरूका धेरैजसो विद्यार्थीहरूको ‘बस्ने घर साँघुरो छ र उनीहरूको डिजिटल पहुँच थोरै मात्र छ’ । त्यसैले उनीहरूलाई विद्यालयमा बोलाएर पढाउनुपर्ने उनको तर्क छ ।

    चाल्कले भने, “इङ्ल्यान्डको रहेको आफ्नो एउटा ठूलो शैक्षिक संस्थाले आगामी जून महिनाको १ तारिखदेखि ३५ वटा प्राथमिक विद्यालय खोल्ने तयारी गरेको छ ।”

    विद्यालय सञ्चालन तयारीबारे चाल्कले भने, “विद्यालयलाई लामो समय बन्द गरिनु हुँदैन । पुनः खोल्ने कामको विरोध गर्नेहरू ‘मध्यम वर्गका मानिसहरू’ भएको र यसको प्रभाव आफ्नो संस्थालाई नपर्ने बताए ।”चाल्कले सङ्गठनको सुझाव ‘एकतर्फी’ भन्दै सुविधाबाट वञ्चित विद्यार्थीहरू विद्यालय आउन नपाउँदा उनीहरूलाई हुने हानी सङ्गठनले महसुस गर्न नसकेको बताएका दाबी गरे ।

    चाल्कका विद्यालयमा ४५ प्रतिशत विद्यार्थीले विद्यालयमा नै निशुल्क खान खुवाउने व्यवस्था रहेको छ ।

    चाल्कले भने, “हाम्रा धेरै बच्चाहरू काउन्सिल परिसरमा थुनिएका जस्ता भएका छन् । उनीहरूले सफा हावा पाएका छैनन, शारीरिक कसरत गर्न पाएका छैनन् । कतिले पोसिलो खाना अति कम खान पाएका छन् वा कतिले त खानै पाएका छैनन् ।”

    उत्तरी आयरल्याण्ड, स्कटल्यान्डमा र वेल्समा भने तत्काल विद्यालय खोल्ने सम्भावना नरहेको बताइएको छ । एपी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस