• The Public Today
  • एक महिना नपुग्दै ब्राजिलका अर्का स्वास्थ्यमन्त्रीले पनि दिए राजीनामा


    एजेन्सी : ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टीशले राजीनामा दिएका छन् । एक महिनाभित्र ब्राजिलका दुई जना स्वास्थ्यमन्त्रीले राजीनामा दिइसकेका छन् ।

    शुक्रबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मन्त्री नेल्सनले राजीनामा दिएको पुष्टि गरेको थियो । उनी स्वास्थ्य मन्त्री पदमा एक महिनाभन्दा पनि कम समय रहे । कोरोना भाइरसको संक्रमणको अवस्था निकै भयावह अवस्थामा पुगेको ब्राजिलमा यसै महिनामा अर्का स्वास्थ्य मन्त्रीले पनि राजीनामा दिएका थिए ।

    पछिल्लो समय दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सनारो र नेल्सन टीशबीच मतभेद रहँदै आएको थियो । बिहीबार मात्रै जर्मनी र फ्रान्सलाई पछि पार्दै ब्राजिलमा कोरोना संक्रमितको संख्या दुई लाख पुगेको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस