• The Public Today
  • आज २७ औँ मदन-आश्रित स्मृति दिवस मनाइँदै


    काठमाडौं, जेठ ३ गते । सडक दुर्घटनामा परी निधन भएका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज(शनिवार) नेपाल कम्युनिष्ट पार्टीले २७ औँ स्मृति दिवस मनाउँदै छ ।

    तर, कोरोनाका कारण आज औपचारिक कार्यक्रम भने हुनेछैन । नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीले महत्वपूर्ण भूमिका रहेको छ ।

    मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा उहाँहरुको निधन भएको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस