• The Public Today
  • थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ७६


    काठमाडौं, जेठ ३ गते । नेपालमा फेरि कोरानो भाइरस (कोभिड-१९) का ३ जना नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ ।

    यसअघि आज बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा पनि ६ जना नयाँ संक्रमितको पुष्टि भएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस