• The Public Today
  • बेलायतमा कोरोनाबाट ६३ नेपालीको मृत्यु


    एजेन्सी : कोरोना भाइरसबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ।

    लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबारसम्म ६३ नेपालीको मृत्यु भएको बताए। मृत्यु हुनेहरुमाल ५२ पुरुष र ११ महिला रहेका छन्।

    दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ रहेको छ।

    गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको थियो। साता दिनमा थप दुई जनाको मृत्यु भएको हो।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस