• The Public Today
  • बर्दिबासका पत्रकारलाई रोटरी क्लबले दियो माक्स र सेनिटाइजर


    बर्दिवास, जेठ ३ गते । रोटरी क्लब बर्दिबास महोत्तरीले फिल्डमा खटिएका पत्रकारहरुलाई माक्स र सेनिटाइजर वितरण गरेको छ ।

    क्लबले फिल्डमा खटिएका पत्रकारहरुलाई एन-९५ माक्स र सेनिटाइजर वितरण गरेको हो । क्लबका अध्यक्ष शम्भु प्रसाद भट्टराईले नगर पत्रकार सञ्जाल बर्दिबासका अध्यक्ष बिक्रम प्रसाद रौनियारलाई १५ थान एन-९५ माक्स र १५ थान सेनिटाइजर हस्तान्तरण गरेका छन् ।

    वितरणको क्रममा प्रदेश सभा सदस्य सारदा देवि थापा, होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतम, होटल तथा पर्यटन व्यवसायी महासङघ महोत्तरीका अध्यक्ष दिपेन्द्र पराजुली सहितले पत्रकारहरुले महामारीको बेला नागरिकका लागि सुचना सङ्कलनको लागि गरिरहेका कामको सरहना गरे ।


    क्याटेगोरी : मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस