• The Public Today
  • बारामा पनि प्रहरीमा कोरोना पुष्टि


    वीरगञ्ज, जेठ ३ गते । बारामा पनि एकजना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक जना प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

    जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरीलाई कोरोनाको संक्रमण पोजेटिभ भएको जानकारी नारायणी अस्पताल वीरगञ्ज बाट आफूले पाएको मिश्रले बताए ।

    संक्रमित प्रहरी रौतहट जिल्ला घर भइ जिल्ला प्रहरी कार्यालयको मुद्दा फाटमा कार्यरत रहेका थिए । सहकर्मीलाई कोरोना पोजेटिभ देखिए पछि जिल्ला प्रहरी कार्यालयमा थप सावधानी अपनाइएको छ।

    यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट संक्रमित भएका थिए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस