• The Public Today
  • बलात्कार गरेको आरोपमा एक पक्राउ


    जेठ ३ गते : विराटनगरमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    विराटनगर महानगरपालिका वाड नम्बर ४ इक्राहीका २४ वर्षीय वीरेन गडेरी (पाल) बलात्कार आरोपमा पक्राउ परेका हुन । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले शनिबार बिहान पक्राउ गरेको छ ।

    प्रवक्ता डीएसपी मानबहादुर राईले विराटनगर–४ की १४ वर्षीया बालिकालाई जर्बजस्ती गरेको अभियोगमा जबर्जस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको बताएका छन् । गडेरीले घर नजिकै एक जना साथीसँग १४ वर्षीया बालिका बिहान ५ः३० बजेतिर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई मकैबारीमा पु¥याएर बलात्कार गरेको प्रहरीको भनाइ छ ।

    आफूसँगै रहेकी साथीलाई उठाउँदै काँधमा हालेर लगेपछि डरले भागेकी अर्की बालिकाले घटनाका बारेमा अभिभावक र स्थानीय बासिन्दालाई जानकारी गराएकी थिइन । घटनास्थल मुचुल्का उठाउन पुगेको प्रहरी टोलीलाई अवरोध प्रयास भएको बताइएको छ ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस