• The Public Today
  • विराटनगरका १५ पत्रकारको स्वाब संकलन


    जेठ ३ गते : प्रदेश १ को सामाजिक विकास मन्त्रालयकाले विराटनगरका १५ जना पत्रकारमा कोरोना भए नभएको परीक्षण गर्न स्वाब संकलन गरेको छ ।

    शनिवार नेपाल पत्रकार महासंघ शाखा विराटनगरको परिसरमा प्रदेश सरकारका तर्फबाट खटिएका स्वास्थ्यकर्मीले स्वाब संकलन गरेका हुन् ।

    महासंघका जिल्ला शाखाका सचिव अर्जुुन आचार्यले कोशी कोभिड अस्पतालसम्म पुगेर रिर्पोटिङ गरेका र कोरोना फैलिएको उदयपुरको भुल्केस्थित संक्रमित क्षेत्रसम्म गएका पत्रकारहरुको स्वाब संकलन गरिएको बताए ।

    पहिलो चरणमा परीक्षण गरिएका पत्रकारहरुको रिर्पोट आएपछि दोस्रो चरणमा थप पत्रकारहरुको पनि कोरोना परीक्षण गरिदिने प्रदेश सरकारले आश्वासन दिएको आचार्यले बताए ।

    उदयपुरमा एक जना पत्रकारलाई कोरोना संक्रमण देखिएपछि उनलाई शनिबार नै विराटनगर स्थित कोभिड १९ अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस