• The Public Today
  • कोरोनाबाट मृत्यु भएकाको शव परिवारले छुन नपाउने, यस्तो छ सरकारको कार्यविधि !


    काठमाडौं, जेठ ३ गते । सरकारले कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको शव कसरी व्यवस्थापन गर्ने भनेर व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६’ सार्वजनिक गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको शव व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६’ सार्वजनिकअनुसार कोरोना भाइरस (कोभिड१९ )बाट मृत्यु भएको व्यक्तिको सामान्य पोष्टमार्टम गर्नु पर्दैन । यदि गर्नैपरेमा मृतकको फोक्सो वा अंगहरुमा जिवाणु ज्युँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्छ । पोष्टमार्टम सकिनेबित्तिकै प्रयोग गरेको सामग्री केमिकलबाट सफा गर्नुपर्ने हुन्छ ।

    त्यसैगरी, अन्य व्यक्तिसरह परिवारले अन्तिम संंस्कार गर्न पाउने छैनन् ।  शवलाई सकेसम्म कम चलाउने र छिटोभन्दा छिटो अन्तिम संस्कार गर्नुपर्ने हुन्छ ।  शव उठाउनुअघि शववाहन चालक एवम कर्मचारीले अनिवार्य सुरक्षाकवच पीपीई लगाउनुपर्ने उल्लेख छ ।

    “मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई एक मिटर टाढा बसेर एक एक जना गरेर हेर्न दिन सकिन्छ, तर शव छुन भने पाउने छैनन्,” सो कार्यविधिमा भनिएको छ “दीर्घरोगी र ६० वर्ष काटेका बृद्धबृद्धालाई शवको नजिक जान दिन हुँदैन ।”


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस