• The Public Today
  • नेपाली सेनाका मध्यपूर्वी पृतनापतिलाई कोरोना संक्रमण


    गौरव पोखरेल
    जेठ ३ गते : नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस ९कोभिड(१९० संक्रमण भएको पाइएको छ ।

    स्वास्थ्य मन्त्रायलले शनिबार अपराह्न काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो ।

    उनीहरू नेपाली सेनाको मध्यपूर्वी पृतनामा कार्यरत भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताएका थिए । यद्यपि उनले दर्जाबारे खुलाएनन् ।

    तर, सुरक्षा सम्बद्ध उच्च स्रोतले संक्रमित ५२ वर्षीय पुरुष नेपाली सेनाको पृतनापति भएको बताएको छ । मध्यपूर्वी पृतनामा उपरथीको नेतृत्व छ । बर्दिवासको किशाननगरस्थित पृतनाका प्रमुख लकडाउनका समयमा विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा उनलाई संक्रमण भएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ ।

    सेनाको पृतनामा चिकित्सकसहितको सुविधा पनि छ । त्यसैले उनलाई बाहिरको अस्पतालमा राख्ने वा ब्यारेकमै आइसोलेसनमा राख्ने भन्नेबारे छलफल भइरहेको स्रोतले बतायो ।

    महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सैनिक अधिकारीको दर्जा थाहा भइनसकेको दाबी गरे । यद्यपि कन्ट्याक ट्रेसिङको कार्य भने थालिसकिएको उनले जनाए ।

    महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पनि संक्रमित व्यक्ति सेनाको उच्च अधिकृत भएपनि थप विवरण बताउन नमिल्ने बताए । साभार :अनलाइनखबर


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस