• The Public Today
  • विश्वभर कोरोनाले ३ लाख १२ हजार ३१७ को मृत्यु


    जेठ ४ गते : कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ३ लाख १२ हजार नाघेको छ । आइतबार बिहानसम्म कोरोना संक्रमणका कारण ३ लाख १२ हजार ३१७ जनाको मृत्यु भइसकेको छ ।

    सबैभन्दा धेरै अमेरिकामा ८९ हजार ५४० को मृत्यु भएको छ । बेलायतमा ३४ हजार ४६६, इटलीमा ३१ हजार ७६३, स्पेनमा २७ हजार ५६३, फ्रान्समा २७ हजार ६२५ तथा ब्राजिलमा १५ हजार ६३३ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

    हाल विश्वभर २५ लाख ९३ हजार २७७ कोरोना संक्रमित स्वास्थयकर्मीको निग्रानीमा छन् । जसमध्ये ४४ हजार ८४० को स्वास्थ्य अवस्था गम्भीर रहेको छ । बाँकीको मध्यम रहेको छ । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस