• The Public Today
  • रौतहटमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ९१ पुग्यो


    काठमाडौं, जेठ ४ गते । कोरोना संक्रमणमा आज विहान १० जना थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज रौतहटमा १० जनामा कोरोनाभाइरसको पोजेटिभ रिर्पोट आएको छ । यो संगै नेपालका कोरोना संक्रमतिको संख्या २ सय ९१ पुगेको छ ।

    रौतहटको राजपुर नगरपालिका वडा नम्वर ९ निवासी १८, ३२, ३६, ३९, ४२ र ४८ बर्षका पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ । त्यस्तै रौतहटकै इशनाथ नगरपालिका वडा नम्वर ३ र ५ निवासी २८, ३० र ३३ बर्षिय पुरुष कोरोनाबाट संक्रमति भएको छन् ।

    शनिबारमात्रै एक जना महिलाको कोरोनाका कारण निधन भएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस