यात्रा प्रतिबन्ध हटाउने इटालीद्धारा घोषणा

जेठ ४ गते : इटालीका प्रधानमन्त्री जूजेप्पे कान्टेले यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । उनले सम्भावित खतरा आँकलन गरेर आगामी जुन ३ बाट लागु हुने गरी यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेका हुन् । प्रधानमन्त्री कान्टेले इटालीबाट अर्को मुलुकको यात्राका लागि आगामी जुन ३ बाट अनुमति दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार जिम, स्विमिङ पुल, स्पोर्ट्स सेन्टर पनि मे २५ बाट खुला गरिने भएका छन् र यस्तै इटालीमा मे २५ बाटै सिनेमाघर र थिएटर पनि जुन १५ बाट खुला गरिने भएका छन् । युरोपियन युनियनका सदस्य राष्ट्रबाट आउने नागरिकलाई पनि दुई हप्ताको क्वारेन्टाइन नराखिने गरी इटाली आउन दिइने भएको छ ।

यि घोषणाहरु कोरोना संक्रमणका कारण बिग्रिएको अर्थव्यवस्था सुधार्नका लागि गरिएको बताइएको छ । इटालीमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ३१ हजार सात सय ६३ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । एजेन्सी