• The Public Today
  • वुहानका अधिकारीहरु सत्य बोल्‍न चाहँदैनन् : चिनियाँ वरिष्ठ सल्लाहकार


    बेइजिङ, जेठ ४ गते : नोभेल कोरोना भाइरसको उद्‌गमस्थान चीनको हुबेइ वुहानका अधिकारीहरु सत्य बोल्‍न नचाहको चिनियाँ वरिष्ठ सल्लाहकारले बताएका छन् । उनीहरुले कोरोना भाइरसको प्रकोपको सुरुआतका मुख्य विवरणहरु दबाएर राखेको चीन सरकराका वरिष्ठ चिकित्सा सल्लाहकार डा. जोङ नानशानले बताएका छन् ।

    “स्थानीय अधकारीहरु सुरुआती समयको बारेमा सत्य बोल्न चाहदैनन्,” उनले भने, “प्रकोपको प्रारम्भिक समयका बारेमा उनीहरु चुप छन् । मलाई लाग्छ सुरुआतमै ठूलो संख्यामा मानिसहरु संक्रमित भइसकेका थिए ।”

    सुरुआतका १० दिनसम्म ४१ जनामात्रै कोरोना संक्रमितको तथ्यांक सार्वजनिक गरेकोमा डा. जोङले आशंका व्यक्त गरेका छन् । चीनबाहिर कोरोना फैलिसकेको अवस्थामा १० दिनमा ४१ मात्रै संक्रमित हुननसक्‍ने उनको तर्क छ ।

    चीनमा जनवरी अन्तिमतिरमात्रै कोरोना संक्रमितको संख्या एकाएक बढेको थियो भने देशव्यापी आवतजावत बन्द गरिनुका साथै वुहानमा लकडाउन घोषणा गरिएको थियो । चीनमा हालसम्म ८२ हजारभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् भने चार हजार ६३३ जनाको मृत्यु भएको चिनियाँ नेशनल हेल्थ कमिसनले जनाएको छ । – सीएनएन


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस