• The Public Today
  • मानवीय क्षति रोक्न जारी प्रयासलाई थप सशक्त बनाइने छ : प्रधानमन्त्री


    काठमाडौं, जेठ ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताएका छन् ।

    उनले आइतबार ट्विट गर्दै कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताएका हुन् ।

    कोरोना संक्रमणबाट मानवीय क्षति हुन नदिन सरकारले प्रयास गरिरँहदा पनि सिन्धुपाल्चोकमा एक सुत्केरीको मृत्यु भएको भन्दै घटना प्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् ।

    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस