• The Public Today
  • इजरायलमा चिनियाँ राजदूतको शंकास्पद मृत्यु


    एजेन्सी : इजरायलमा नयाँ सरकारको शपथग्रहण हुन लागेको बेलामा चिनियाँ राजदूतको शंकास्पद मृत्यु भएको छ ।

    राजदूत डु वेईको शव राजधानी तेल अभिभको हर्टजलियास्थित निवासबाट आइतवार बरामद गरिएको हो । ५८ वर्षीय डु आफ्नै ओछ्यानमा मृत भेटिएका थिए र उनको मृत्युको कारण खुलिसकेको छैन ।

    उनलाई गत फेब्रुअरी महिनामा इजरायलको राजदूत बनाइएको थियो । यसअघि उनी युक्रेनमा राजदूत थिए । राजदूत डु विवाहित थिए र उनको एक छोरो छ । घटना हुँदा उनको परिवार साथमा नरहेको बताइएको छ ।

     


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस