नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडौं, जेठ ४ गते । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूकाे संख्या दुई पुगेकाे छ ।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।

यसअघि शुक्रबार साँझ सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको संक्रमणबाट मृत्यु भएको थियो। योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।