• The Public Today
  • जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय


    काठमाडौं, जेठ ४ गते । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

    यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । सरकारले पहिलो पटक चैत ११–१८ गतेसम्म लकडाउन घोषणा गरेको थियो ।

    कोरोना भाइरस संक्रमित बढ्दै गएपछि सरकारले पहिलोपटक चैत ११ देखि १८ सम्म, १८ देखि चैत २५ सम्म, २५ देखि वैशाख ३ सम्म, वैशाख ३ देखि १५ सम्म, वैशाख १५ देखि २५ सम्म र वैशाख २५ देखि जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको थियो ।

    कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेपनि संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस