• The Public Today
  • एक आपसमा निषेधका क्रियाकलाप नगर्न गृहको आग्रह


    जेठ ५ गते :  कोरोना महामारीको संकटका बेला एक आपसमा निषेधका क्रियाकलाप नगर्न सरकारले आग्रह गरेको छ ।

    स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार, स्वास्थ्य सतर्कताका नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, घरभाडामा बसिरहेकाहरुलाई बिना कारण निकाल्नेजस्ता काम भैरहेको भन्दै गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    मन्त्रालयले विज्ञप्ति निकालेर आवागमनमा बाधा पुर्याउने, स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेजस्ता काम नगर्न पनि आग्रह गरेको छ । महामारीबाट जोगिन आवश्यक सचेतना अपनाउनुपर्ने भएपनि दुर्व्यवहार गर्नु कानुन विपरीत भएको गृह मन्त्रालयले जनाएको छ ।

    कोरोना महामारीविरुद्ध लड्न सबैले सामूहिक प्रयास गर्नुपर्ने तर एक आपसमा निषेधको बाटो अपनाउन नहुने विज्ञप्तिमा उल्लेख छ । गृह मन्त्रालयले काममा बाधा पुर्याउने व्यक्तिलाई कानुन अनुसार कारबाही गर्न पनि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस