• The Public Today
  • रौतहट र बाराका थप ९ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ३०४ पुग्यो


    काठमाडौं, जेठ ५ गते । रौतहट र बारामा थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    इशनाथ नगरपालिकामा ७ र माधवनारायण नगरपालिकामा १  जना तथा बाराको करैयामाईका एक जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

    रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी बाराको करैयामाई– ५ निवासी ३८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

    हालसम्म नेपालमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका छन् ।

    Image may contain: text


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस