• The Public Today
  • रहस्यमय अमेरिकी सैन्य विमान सफल प्रक्षेपण


    वासिङ्टन, जेठ ५ गते :  अमेरिकी हवाई बलले गोप्य मिसनका लागि स्पेस योजनाअन्तर्गत एक्स ३७ बी बाहक एट्लस भी रकेटको सफल प्रक्षेपण गरेको छ ।

    शनिबार प्रक्षेपण गर्ने भनिएको रकेट खराब मौसमका कारण रोकिएको र आइतबार केप कानाभेरलबाट प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ ।

    यस विमानलाई ‘अर्बिटल टेस्ट भेहिकल’ (ओटीभी) समेत भन्‍ने गरिन्छ । यसले कक्षमा स्याटेलाइट परिचालन गर्नुका साथै पावर-विमिङ टेक्नोलोजीको परीक्षण गर्नेसमेत बताइएको छ । यो विमानको छैटौं मिसन हो ।

    महामारीविरुद्ध अग्रमोर्चमा रहेर कोरोनाविरुद्ध लडिरहेकाहरुप्रति समर्पित गरेर रकेट प्रक्षेपण गरेको बताइएको छ । रकेटको पेलोड फायरिङमा ‘अमेरिका बलियो’ सन्देश लेखिएको थियो । -बीबीसी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस