• The Public Today
  • कोरोनाले मृत्यु भएकी महिलाको परिवारको रिपोर्ट नेगेटिभ


    जेठ ५ गते : कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक महिलाका श्रीमान्, छोरा, आमा र बहिनीको नमुना संकलन गरिएको थियो ।

    उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोकको प्रशासनको समन्वयमा उनीहरुलाई घरमा लगिने, त्यहाँ लगेर १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि फेरि पीसीआर गरिने तयारी छ । सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोनाका कारण बिहीबार मृत्यु भएको थियो । बाह्रखरी


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस