• The Public Today
  • खाद्यान्‍न बोकेको ट्रकमा मदिरा भेटिएपछि…


    जेठ ५ गते : नुन र खाद्यान्नको मिनी ट्रकमा मदिरा पाइएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा से.१ख २०१० नम्बरको मिनी ट्रकका चालक नरेन्द्रसिंह महरा र मदिरा व्यापारी दिनेश पन्त छन् ।

    कैलालीको धनगढी उपमहानगरपालिका ४ अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको टोलीले धनगढीबाट अतरिया जाँदै गरेको ट्रक जाँच गर्दा मदिरा फेला परेको हो । ट्रकबाट १२६ पेटी रोज नामक मदिरा बरामद भएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दुवैविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस