• The Public Today
  • सुरक्षा फौजसँगको भिडन्तमा ६ तालिबानीको मृत्यु


    काबुल, जेठ ५ गते :अफगानी सुरक्षा फौजसँगको भिडन्तमा परी ६ तालिबानी आतंककारीको मृत्यु भएको छ ।

    अफगानिस्तानको पूर्वी क्षेत्रको पकटिया प्रान्तमा सोमबार भएको भिडन्तमा छ तालिबानी मारिएको बताइएको छ ।

    अफगानी सेनालाई उदृत गर्दै स्पुतनिकमा लेखिएको छ, “पाकिस्तानीसहित ६ तालिबानी आतंककारी मारिएका छन् । अन्य दुईजना घाइते भएका छन् ।” उक्त भिडन्तमा दुई अफगानी सेनासमेत घाइते भएको बताइएको छ ।

    त्यसैगरी पश्‍चिमी क्षेत्रको फराह प्रान्तमा आफैंले राखेको बम विस्फोट हुँदा ५ तालिबानी मारिएका छन् । – एएनआई


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस