• The Public Today
  • धनुषाका नयाँ संक्रमित काठमाडौंमै रहेको पुष्टि


    जेठ ५ गते : पछिल्लो पटक धनुषामा फेला परेका कोरोना संक्रमित काठमाडौंमै रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार धनुषाका एक जना कोरोना संक्रमित फेला परेको जनाएको छ ।

    ती संक्रमितको घर धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ हो । घर धनुषा भए पनि उनी काठमाडौंको त्रिपुरेश्वरमा बस्दै एक निर्माण कम्पनीमा काम गर्दै आएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

    निरौलाका अनुसार २८ बर्षीय संक्रमित युवक निर्माण कम्पनीमा चालकको काम गर्दै आएका छन् । ‘उनी काठमाडौंमै संक्रमित देखिएका हुन्’ निरौलाले भने, ‘उनलाई त्यहीं आइसोलेसनमा लग्ने तयारी भइरहेको छ ।’ अनलाइनखबर


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस