• The Public Today
  • अमेरिकामा दोस्रो दिन हजारभन्दा कमको मृत्यु


    जेठ ६ गते : कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा लगातार दोस्रो दिन हजारभन्दा कमको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ९८८ जनाको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा अमेरिकामा कोरोनाका कारण ८६० जनाको मृत्यु भएको थियो ।

    अमेरिकामा महामारीका रुपमा फैलिएको कोरोनाले दिनको करिब ३ हजारसम्मको ज्यान जाने गरेको थियो । तर पछिल्लो समय मृत्यु हुनेको संख्यामा निरन्तर कमी आएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा द्रुत गतिमा कम भएको तर केही क्षेत्रमा भने अझैं ठूलो समस्याकै रुपमा रहेको बताएका छन् ।

    अमेरिकामा पछिल्लो २४ घण्टामा २१ हजार ९६९ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा १९ हजार ५७९ संक्रमित थपिएका थिए । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस