• The Public Today
  • दक्षिण सुडानका उपराष्ट्रपतिलाई करोना संक्रमण


    जेठ ६ गते : दक्षिण सुडानका उपराष्ट्रपति रिक माशरलाई करोना संक्रमण भएको छ । उपराष्ट्रपति माशरसँगै उनकी श्रीमती एजेलिना टेनीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    बीबीसीका अनुसार टेनी दक्षिण सुडानकी रक्षा मन्त्री हुन् । उपराष्ट्रपति माशर ६० वर्षका छन् । उनमा कोरोना भए नभएको मे १३ मा परीक्षण गरिएको थियो ।

    माशरका अंगरक्षक र स्टाफमा पनि कोरोना संक्रमण देखिएको समाचार छ । दक्षिण सुडानमा २३६ जनामा संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस