• The Public Today
  • जम्मु–कश्मीरमा आतंकवादी समूहसँग मुठभेड, मोबाइल र इन्टरनेट सेवा बन्द


    जेठ ६ गते : जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड भएको छ । सोमबार राति दुई बजेदेखि मुठभेड जारी रहेको भनिए पनि क्षतिको विवरण आइसकेको छैन ।

    कश्मीर प्रहरीले ट्वीट गरेर भनेको छ, ‘श्रीनगरको कानेमजार नवाकदल इलाकामा इन्काउन्टर सुरु भएको छ । जम्मु–कश्मीर प्रहरी र सीआरपीएफले आफ्नो काम गरिरहेका छन् । थप जानकारी पछि दिइने छ ।’

    श्रीनगर क्षेत्रमा अहिले इन्टरनेट र मोबाइल सेवा बन्द गरिएको छ । बीएसएनएलको पोस्टपेड सेवा भने चलेको छ ।

    घना वस्ती रहेको श्रीनगरको क्षेत्रमा आतंकवादी लुकेर बसेको सूचना पाएपछि रातिदेखि सर्च अपरेसन चलाइएको थियो । सुरक्षाकर्मीले केही घरलाई घेरा हालेपछि गोली हानाहान सुरु भएको हो ।

    गत आइतबार श्रीनगर क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट हिजबुल मुजाहिद्दिन समूहका ताहिर अहमद मारिएका थिए । ११ दिन अगाडि मारिएका रियाज नाइकु पछिको यो दोस्रो ठूलो इन्काउन्टर थियो । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस