• The Public Today
  • भारतीय सेनापतिले नेपालीलाई होच्याए : प्रधानमन्त्री


    काठमाडौं, जेठ ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सेनापति मनोज मुकुन्द नरभानेको अभिव्यक्तिले नेपालीलाई होच्याएको बताएका छन् ।

    नरभानेले केही दिन पहिले नेपालले अरूको उक्साहटमा लागेर लिपुलेको मुद्दा उचालेको बताएका थिए । उनले लिपुलेक महाकाली नदी पश्चिम पर्ने र भारतले खनेको बाटो पनि नेपाली भूमिमा नपर्ने दाबी गरेका थिए ।

    सांसदहरूले त्यस अभिव्यक्तिबारे सरकारको धारणा माग गरेपछि प्रधानमन्त्री ओली नेपाल राष्ट्र कसैको दबाब, प्रभाव र उक्साहटमा नलाग्‍ने स्पष्ट पारेका हुन् ।

    उनले नक्सा छाप्‍न ढिलाइ भएकाले आज सदनमा वितरण नगरिएको पनि बताए । बेलुका निर्णय भएकाले बिहान छाप्‍न नभ्याइएको बताउँदै दबाबले नबाडिएको हो भन्ने प्रश्न सुहाउँदो नभएको टिप्पणी पनि गरे ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस