• The Public Today
  • पर्सामा आजदेखि इ-पास खारेज


    वीरगञ्ज, जेठ ६ गते । जिल्ला प्रशासन कार्यालय पर्साले लकडाउनमा प्रयोगमा ल्याइएको सबै इ–पास मंगलबारदेखि खारेज गरेको छ ।

    पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सवारी पासका लागि नयाँ व्यवस्था लागू गर्दै यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय भएको बताए ।

    अत्यावश्यक अवस्थामा बाहेक कुनै पनि पास वितरण नगरिने सहायक प्रजिअ बस्नेतले बताए । उनले अत्यावश्यक कामका लागि सवारी पास आवश्यक परे कारणसहित इमेलमार्फत आवेदन दिन सकिने बताएका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस