• The Public Today
  • डब्ल्यूएचओले गरेको कोरोना नियन्त्रणको प्रयासबारे स्वतन्त्र अनुसन्धान हुने


    जेनेभा, जेठ ७ गते : नोभेल कोरोना भाइरसको नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले गरेको प्रयत्‍नका विषयमा निष्पक्ष अनुसन्धानका लागि विश्‍व स्वास्थ्य सम्मेलनमा सहमति भएको छ ।

    संयुक्त राज्य अमेरिकाले महामारी नियन्त्रणमा डब्ल्यूएचओले भूमिका खेल्न नसकेको भन्दै आलोचना गरेपछि विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरु निष्पक्ष अनुसन्धानका लागि सहमत भएका हुन् ।

    सोमबार सुरु भएको ७३ औं विश्व स्वास्थ्य सम्मेलन मंगलबार सकिएको छ । पहिलो पटक भिडियोमार्फत् भएको सम्मेलनमा सहभागी राष्ट्रहरुले कोभिड-१९ महामारीका लागि डब्ल्यूएचओले गरेका पहलहरु, अन्तर्राष्ट्रिय प्रयत्‍नहरुका लागि निष्पक्ष, स्वतन्त्र र बृहत मूल्यांकनसहितको अनुसन्धानका लागि सहमति भएको हो ।

    डब्ल्यूएचओका १९४ मध्ये अमेरिकासहित कुनै पनि राष्ट्रले युरोपियन युनियनले ल्याएको प्रस्तावका विषयमा आपत्ति नजनाएको बीबीसीमा उल्लेख गरिएको छ ।

    यसअघि डब्ल्यूएचओ प्रमुखले यो भाइरसले हामीलाई विनम्रताको पाठ सिकाएको बताएका थिए । “छ महिनाअघि विश्वका केही ठूला सहरहरुलाई कोरोना भाइरसबारे सम्झाउन गाह्रो थियो,” उनले भनेका थिए, “अहिले पसल, रेस्टुरेन्ट, विद्यालय र कार्यस्थल सब बन्द भएका छन् । विश्वव्यापी यात्रा स्थिर बनेको छ । हात मिलाउनु पनि जीवनलाई जोखिममा पार्नुजस्तै भएको छ ।” – बीबीसी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस