• The Public Today
  • लकडाउनमै पञ्चधुरा माई मन्दिर काँचुली फेर्दै


    ✍️ गोपालप्रसाद बराल

    महोत्तरी, जेठ ६ गते । मिथिला क्षेत्रकै प्रसिद्ध देवी शक्तिपीठ पञ्चधुरा माई मन्दिर परिसर लकडाउनभित्रै काँचुली फेर्दैछ ।

    पूर्वपश्चिम राजमार्गबाट करिब दुई किलोमिटर वनक्षेत्र छिचोलेर पुगिने महोत्तरीको बर्दिवास नगरपालिका–४ माईस्थानस्थित प्राचीन यो देवी शक्तिपीठ परिसरको भर्खरै थालिएका मर्मतसम्भारका कामले रूप फेरिँदै गएको हो । करिब तीन बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरको पुरानो इनार मर्मत गरिएपछि अहिले पानीको राम्रो मूल फुटेको छ ।

    देशभित्र र भारतको बिहार प्रान्तबाट बाक्लै दर्शनार्थी आउने मन्दिर परिसरमा सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासले इनारबाट नै मर्मतसम्भारको काम थालेको हो । महोत्तरी र धनुषा जिल्लामा चुरे संरक्षण, जलाधार क्षेत्रको संरक्षण र खोल्सी नियन्त्रणका क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि काम गर्दै आएको मञ्चले मन्दिर परिसरमा मर्मतसम्भारको काम थालेपछि बर्दिवास–४ माईस्थानका सर्वसाधारणमा भरोसा जागेको छ । माईस्थान मन्दिर परिसर वरिपरिका ५३ घरधुरी परिवार र मन्दिरमा आउने दर्शनार्थीको एक मात्र खानेपानीको स्रोत इनार सुक्दा निकै कठिन बनेको थियो ।

    मञ्चले जीर्ण अवस्थाको इनार मर्मत गरेपछि अहिले पानीको राम्रो मूल भेटिएको पञ्चधुरा मन्दिरका पुजारी विनोद सिंह बताउनुहुन्छ । “इनारमा राम्रो मूल भेट्टाइएपछि अब पानीबाट ढुक्क हुन पाइयोजस्तो लागेको छ”, पुजारी सिंहले भन्नुभयो । इनार खानेपानीको स्रोत मात्र नभएर मन्दिरको सौन्दर्यसँग समेत गाँसिएको सिंहको भनाइ छ । इनारको पानी मन्दिरअघिकै तलाउमा झारेपछि यहाँको पुरानो सौन्दर्य फर्कने सिंह बताउनुहुन्छ ।

    पाँच वर्षअघि तलाउभरि कमल फुल्ने गरेको सम्झना गर्दै पुजारी सिंह फेरि ती दिन फर्कने आसमा हुनुहुन्छ । इनार मर्मत गरिएपछि माईस्थानको जनजीवन नै फेरिएको छ । “इनार सुक्दा स्थानीय बासिन्दा र दर्शनार्थी नुहाइधुवाइ गर्न, पानी खान र सामान्य हातगोडा धुने गर्न पनि पाएका थिएनन्”, विगतमा माईस्थान गाविस छँदा उपाध्यक्ष रहनुभएका बर्दिवास–४ माईस्थानका बासिन्दा सोम कार्कीले भन्नुभयो, “अहिले मर्मत गरिँदा पानीको मूल राम्रो फुटेपछि कञ्चन ९सफा० पानी निस्कन थालेको छ ।”

    इनार सफा गर्दा पम्पसेटबाट निकालिएको पानी मन्दिर परिसरकै तलाउमा झारिँदा बाँदरसहितका वन्यजन्तुलाई पनि राहत भएको कार्कीको भनाइ छ । अत्यन्त धार्मिक महत्वको मन्दिर परिसरको कहिल्यै नसुकेको इनार र तलाउ सुकेपछि पछिल्ला चार वर्षयता मन्दिरको नियमित सरसफाइमा पनि अप्ठ्यारो परेको थियो । बाह्रै महिना कमल फुलिरहने तलाउमा धुलो उड्न थालेपछि फुङ्ग बनेको मन्दिर परिसरमा पानीको सुविधा हुनासाथै चहलपहल बढेको बर्दिवास–४ माईस्थानकै आनन्द अर्याल बताउनुहुन्छ । प्रसिद्ध देवस्थलमा पानीको हाहाकार नै मच्चिएपछि इनार मर्मतसम्भारबाट काम थालेको मञ्चले विस्तारै स्थानीय जनसहभागिता बढ्दै गएपछि तलाउ जीर्णोद्धार पनि गरिने तयारी थालेको छ । “हामीले त लकडाउनका बेला पनि केही काम त गरौँ भनेर इनार मर्मतसम्भार ग¥यौँ”, मञ्चका अध्यक्ष नागदेव यादवले मन्दिर परिसर पुगेका सञ्चारकर्मीसँग भन्नुभयो, “काम थालेपछि स्थानीयको चासो र सहभागिता बढेपछि थप काम गर्न ऊर्जा पाएका छौँ”, अब यसै क्रममा तलाउ जीर्णोद्धार गरेर पहिलेजस्तै कमल फुलाइने यादवको थप भनाइ छ ।

    अहिलेसम्म स्थानीय जनसहभागिताबाहेक रु एक लाख ४० हजार खर्च भएको मञ्चले जनाएको छ । लकडाउनमा शारीरिक दूरी कायम गर्दै काम गरिएको र यसपालि बर्खाकाल लाग्नुअगावै तलाउमा कमल लहलहाउने आपूmहरुको सपना रहेको यादव बताउनुहुन्छ । प्रदेश नं २ भरिकै मुख्य धार्मिकस्थलमा गनिएको पञ्चधुरा माई मन्दिर परिसर धार्मिक पर्यटनको प्रशस्त सम्भावना बोकेको ठाउँ मानिन्छ । यद्यपि यस ठाउँको विकासबारे तीनै तहका ९सङ्घीय, प्रादेशिक र स्थानीय० सरकार उदासीन देखिएको बर्दिवास–५ माईस्थानका अर्का सामाजिक तथा राजनीतिक कार्यकर्ता भोगेन्द्रराज पौडेलको गुनासो छ ।

    यसैबीच बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले पञ्चधुरा माई मन्दिर परिसरको विकास र संवद्र्धनका लागि गुरुयोजना नै बनाउन लागिएको बताउनुभयो । “हामीले यसैपालि काम थाल्ने योजना बनाएका थियौँ”, कार्कीले भन्नुभयो, “कोरोना सन्त्रासले योजनाबद्ध काम अघि बढाउन सकस पा¥यो ।” निर्माणकार्य थालिनुपूर्वका प्राविधक काम ९विस्तृत गुरुयोजना बनाउने० काम भइरहेको कार्कीको भनाइ छ ।

    धार्मिक पर्यटनको प्रशस्त सम्भावना भएको मन्दिर परिसरको जगेर्ना र विकास एवं यस क्षेत्रमा गरिने योजनाबद्ध प्रवद्र्धनका कामले सिङ्गो प्रदेशकै परिचय विस्तारमा सघाउ पुग्ने छिमेकी जिल्ला सर्लाहीबाट प्रदेशसभा सदस्य रहनुभएका डिल्लीप्रसाद मैनाली बताउनुहुन्छ । यसका लागि प्रदेश सरकारमा पहलकदमी गरिने मैनालीको थप भनाइ छ ।


    क्याटेगोरी : मुख्य समाचार, विविध, समाज


    प्रतिक्रिया दिनुहोस