• The Public Today
  • काठमाडौंमा दुईजना प्रहरीमा देखियो कोरोना


    जेठ ७ गते : काठमाडौंमा दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको रिपोर्ट राति अबेर आएपछि अहिले सशस्त्र प्रहरीको कोरोना अस्पताल बलम्बुमा लगेर आइसोलेसनमा राखिएको छ ।

    कालीमाटी वृत्तमा करिब ९० जना प्रहरी रहेको र बाँकी प्रहरीको आज पीसीआर टेष्ट गराउने तयारी भइरहेको छ ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले पनि दुईजना प्रहरीमा कोरोना देखिएको पुष्टि गर्दै आइसोलेसनमा राखिएको बताए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस