• The Public Today
  • कोभिड–१९को प्रतिरोध गर्ने भित्री रक्षाकवच


    जानकी पराजुली

    नेपाललगायत सिंगो संसार अहिले कोभिड –१९ को विश्वमहामारीबाट आक्रान्त छ । पर्याप्त मात्रामा क्रिटिकल केयर बेड र भेन्टिलेटर नभएको तथा अपर्याप्त स्वास्थ्यकर्मी अनि कुपोषणको उच्च दर, खराब शैक्षिक अवस्था र चेतनाको कमीजस्ता समस्या भएको नेपालको स्वास्थ्य प्रणालीलाई कमजोर मान्नुपर्छ । यसले पनि नेपाली जनता कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिममा छन् । देशको स्वास्थ्य अवस्थाको जानकार जनस्वास्थ्यकर्मीका दृष्टिले हेर्दा भविष्यमा यहाँको अवस्था चिन्ताजनक हुनसक्ने देखिएको छ ।

    कोभिड–१९ महामारीसँग लड्न सरकार तथा अन्य सरोकारवाला पक्षले बाह्य रक्षाकवच तयार पार्न आप्mनो ध्यान केन्द्र्रित गर्नुपर्छ । यसअन्तर्गत भौतिक दूरी बनाउने, पटक पटकमा साबुनपानीले २० सकेन्डसम्म मिचिमिची हात धुने, डिस्पोजेबल मास्क र ग्लोब लगाउने, मेचको सतह तथा ढोकाको चुचुल र बिँड स्यानिटाइजरले सफा गर्नेलगायतका कार्य गरेर सङ्क्रमणको विस्तार घटाउन सकिन्छ ।

    उत्तिकै महत्त्वपूर्ण र प्रायः बेवास्तामा पर्ने सुरक्षाको अर्को प्रणाली पनि छ : भित्री रक्षाकवच । त्यो होे रोग प्रतिरोधी सुरक्षा प्रणाली अर्थात् रोगसँग लड्ने क्षमता । कोभिड – १९ बाट सङ्क्रमित भएपछि हल्का बिरामी हुने वा रोगले गम्भीर बनाएर अस्पतालमा भर्ना गराउने अवस्था यही आन्तरिक सुरक्षा प्रणालीकै कारण हुने हो । मुख, नाक, फोक्सो, छाला र पेटको माथिल्लो तहमा रहेर पहरेदारी गर्ने सूक्ष्म सुरक्षादस्ता शरीरको रोग प्रतिरोधी प्रणाली हो । रोग प्रतिरोधी प्रणाली सुदृढ बनाउने कार्य सुरक्षा प्रणालीलाई सर्वोत्तम तवरबाट संचालित हुन आवश्यक पर्ने तत्त्वहरुको आपूर्ति तथा तनाव व्यवस्थापनमा भर पर्छ । दुवै रक्षकवच उपयोग गरेमा महामारीका बेला आपूmमात्र होइन आप्mनो परिवार, समुदाय र देशलाई नै संक्रमणबाट जोगाउन सहयोग पुग्छ ।

    नेपालको परिस्थिति निकै सङ्कटपूर्ण हुनसक्छ । यसैले कोभिड – १९ विरुद्ध लड्न सक्नेगरी आफूलाई बलियो बनाउनै पर्छ । आशा छ तल उल्लेखित छ वटा रणनीतिले आन्तरिक रक्षाकवच बलियो बनाउन सहयोग पुग्नेछ :

    पहिलो, आफैँलाई पोषित तुल्याउने । शरीरमा उचित परिमाणमा पोषण र जलीय मात्रा हुनु महत्त्वपूर्ण हुन्छ । राम्रोसँग सन्तुलित आहारा खाने मानिस शरीरमा रोग प्रतिरोधी प्रणाली सुदृढ भएर स्वस्थ रहन्छ । हाम्रो भोजनको चयनले समेत तनाव र व्यग्रता दुवैलाई प्रभाव पार्छ । यी दुवै आन्तरिक रक्षाकवच बिगार्न सक्ने पक्ष हुन् । हामीमध्ये धेरै अहिले घरैमा आश्रय लिइरहेका छौँ । अहिले घरमा स्वस्थ र सन्तुलित भोजनको आनन्द उठाउने अवसर पनि हो । लसुन, कागती, स्याउ, अमिल्याइएका अचार, हड्डीको सुपजस्ता खाद्यवस्तुले हाम्रो रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्छन् । यसको अर्थ रोगहरुबाट पूर्णतया सुरक्षित हुन सकिन्छ भन्ने चाहिँ होइन ।

    विभिन्न खाद्य समूहका अनेक थरीका खाद्यवस्तुको समिश्रणबाट असल र स्वस्थ भोजन तयार हुन्छ । चामल, पास्ता, अन्नपातहरू, कन्दमूल, फलफूल र तरकारीजस्ता मूल खाद्यवस्तु, दाल सरहका प्रोटिनका स्रोतका साथसाथै पशुबाट प्राप्त हुने फरक खालका खाद्यवस्तुको थोरै मात्रा स्वस्थ भोजनका लागि महत्वपूर्ण हुन्छ । हाम्रो देश अदृश्य भोक नामबाट समेत परिचित सूक्ष्म पोषकतत्वहरु (माइक्रोन्युट्रियन्ट्स)को अभावबाट ग्रसित छ । यसर्थ विभिन्न प्रकारका खाद्यवस्तु सम्मिश्रणसहितको यथायोग्य सन्तुलित आहारा आवश्यक छ ।

    दोस्रो, गतिशील र होसियार रहने । एक वर्ष नपुगेका शिशुलाई दिनमा कैयौंपटक शारीरिकरुपमा सक्रिय रहनुपर्छ । पाँच वर्षमुनिका बालबालिकाले दिनमा कम्तीमा १८० मिनेट शारीरिक सक्रियता देखाउनु आवश्यक हुन्छ । पाँचदेखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोरले स्वस्थ रहन दिनमा कम्तीमा ६० मिनेट हल्का र कडा खालको शारीरिक क्रियाकलाप गर्नुपर्छ अनि १८ वर्षमाथिका वयस्कले दैनिक कम्तीमा १५० मिनेट मध्यम तीव्रताको शारीरिक क्रियाकलाप गर्नु आवश्यक छ । निर्बल बूढापाकाले शरीरको सन्तुलन अभिवृद्धि गर्न तथा लड्नबाट बच्न प्रतिसाता तीन दिन वा त्यसभन्दा बढी शारीरिक क्रियाकलाप गर्नुपर्छ ।

    अचेल बन्दाबन्दी भएकाले घरबाहिर निस्कनु सजिलो छैन । तर, हामी आफ्नो घरभित्रै शारीरिक र मानसिकरुपमा सक्रिय रहन सक्छौँ । योग, व्यायाम, नृत्य, उफ्रनेलगायतका नानाविधि घरेलु क्रियाकलाप गर्न सकिन्छ । यसबाट हाम्रो शरीरका जोर्नीलाई गतिशील बनाइराख्न मद्दत पुग्छ ।

    आफ्नो परिवारका सदस्य र बालबालिकालाई यी क्रियाकलापमा आफूसँगै सहभागी हुन लगाउनुहोस् । व्यायामको एउटा अत्यन्त प्रभावकारी पद्धति सूर्य नमस्कार पनि । यो एउटा यस्तो अद्भूत तरिका हो जसले व्यक्तिलाई शारीरिक रुपमा स्वस्थ राख्नुका साथै रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।
    तेस्रो, दैनिक प्रकृतिको नजिकमा जानु । फोक्सोलगायतका भित्री अंगहरूमा रहने प्रतिरक्षा कोषले प्राकृतिक हत्यारा (नेचुरल किलर) का रूपमा भाइरसको सङ्क्रमणबाट सुरक्षा दिन सहयोग गर्छन् । सहरी प्रकृतिमा घरेलु वनस्पतिसँग वा प्राकृतिक दृश्यहरु समेटिएका तस्बिरसँग २० मिनेटमात्र बिताएमा मनमा निश्चल र शान्त प्रभाव पर्छ । बागवानी, बोटविरुवा लगाउने वा प्रकृतिको काखमा समाहित हुनु तनावमुक्तिको सर्वाधिक प्रभावकारी क्रियाकलाप मानिएको छ ।

    चौथो हो निद्रा । निद्राले शरीरको रोग प्रतिरोधी प्रणालीमा ठूलो प्रभाव पार्छ । निद्रासँग सम्बन्धित रसायन मेलाटोनिनको मात्रा बढ्दो उमेरसँगै प्राकृतिकरुपमै कम पर्दै जान्छ र यसमा एन्टिअक्सिडेन्ट गुणहरु पनि हुन्छन् जसले भाइरस सङ्क्रमणका बेला तन्तुमा पर्ने क्षति घटाउन सक्छ ।

    बालबालिकामा मेलाटोनिनको मात्रा धेरै हुने भएकाले उनीहरु कोभिड – १९ को सङ्क्रमण हुँदा हल्का बिरामीमात्र हुनुको एउटा कारण भएको विश्लेषण गरिएको छ । यसैले कहिले सुत्ने र कहिले ब्युँझने भनी नियमित तालिका तयार पार्ने । सूर्योदय हुनु पहिले ब्युँझने तथा त्यसपछि तपाईले गर्ने दैनिक अनुष्ठान वैज्ञानिक र आध्यात्मिक रुपमा लाभप्रद हुनेछ ।

    तपाईको शरीरलाई बिहान सबेरैको प्राकृतिक उज्यालोमा प्रकृतिको आभास गर्नु दिनुहोस् । सम्भव हुन्छ भने ब्युँझेपछि ५ देखि १० मिनेट तनाव मुक्तिका लागि ध्यान गरौँ । हाम्रो शरीरलाई अन्तर्मनदेखि नै परिवर्तनको मार्गमा अग्रसर गराउन ऊर्जा प्रवाह गर्ने संस्कृतका विभिन्न श्लोक र पंक्ति हामीसँग छन् । हाम्रो ग्रह, हाम्रो देशलाई सम्झौँ तथा यस्तो अद्भूत जीवन प्रदान गरेकोमा ईश्वरलाई धन्यवाद अर्पण गरौँ ।

    पाचौं, हाँसो/खुसीको अभ्यास । हाँसो र विनोदको सम्बन्ध रोग प्रतिरोधी कोषहरु तथा सङ्क्रमणविरुद्ध लड्ने एन्टिबडीहरुको सङ्ख्या वृद्धिसँग छ । यसबाट हाम्रो शरीरमा सङ्क्रमणविरुद्ध प्रतिरोध क्षमता अभिवृद्धि हुन्छ । यिनले व्याकुलता घटाएर आनन्दानुभूति बढाउँछन् । अनिवार्य भौतिक दूरीको अर्थ सामाजिक एकान्तबास होइन । यथार्थमा एकांकीपनले रोग प्रतिरोधी प्रणाली गडबड गर्छ र रोगले समात्ने सम्भावना बढ्छ ।

    यसैले परिवाजन र सहकर्मीहरूसँग शारीरिकरुपमा होइन अरु माध्यमबाट सम्पर्कमा रहौँ । आफ्ना रहर पूरा गर्न लागौँ । सङ्गीत सुन्ने, कविता वा गीत लेख्न सुरु गर्ने, मनलागी नाच्ने, अरुलाई हँसाउने । उत्कृष्ट उपन्यास पढ्ने । इन्टरनेटमा बेलाबेला भिडियोहरु खोज्ने । तपाईले आप्mनो मुहार हसिलो बनाउनुभयो र अन्तर्मनदेखि हाँस्नु भयो भने शरीरले रक्तसंचार प्रणालीमा आनन्दानुभूति गराउने इन्डोर्पिmन्स र अन्य रसायन निस्कासन गर्छ । योगमा हास्यासन नामको एउटा सर्वोत्कृष्ट आसन छ । प्रतिदिन वा दिनको कुनै पनि समयमा दुई वा तीन मिनेट हामीले यसको अभ्यास गर्यौँ भने यसले हाम्रो शरीरलाई ऊर्जावान बनाउँछ ।

    जब कोभिड –१९ महामारी अन्त्य हुनेछ हामीले बाह्य रक्षाकवच हटाउन सक्छौँ । तर, आफ्नो सुवास्थ्यका लागि अपनाइएको आन्तरिक रक्षाकवच कायम राखेमा यसबाट हामी अरुलाईसमेत रेखदेख गर्न सक्षम हुनेछौँ । आत्मरक्षा, खाद्यवस्तु, भिटामिन र खनिज तत्त्वहरु तथा स्वच्छताका उपायले तत्काल केही नतिजा प्रदान गर्न सक्छन् । तर, कसरी गहन, दीर्घकालीन लाभ हासिल गर्न सकिन्छ ? कसरी हामीले आफ्ना खाद्यवस्तुको संयोजन गर्न सक्छौँ ? हामी कसरी आप्mनो दैनिकीमा गतिशील रहन सक्छौँ ? हामीले कसरी आफ्नो शरीरसँग सामन्जस्य कायम राख्न सक्छौँ ? यी र यस्तै प्रश्नहरुबीच हामीले अहिले कोभिड – १९ बाट उत्पन्न चुनौतीका अगाडि समग्र मानवजातिको हितका लागि आप्mनो स्वास्थ्य र सरसफाइमा ध्यान दिऔँ । अन्तरसंवाद हुने गरी सामाजिक दूरी कायम राखेर रोग नियन्त्रणमा योगदान दिन अनुशासित जीवन पालनामा हामीले हिनताबोध गर्नु हुँदैन ।
    स्वयं र परिवारको रेखदेख गर्दै हामी आफ्नो जीवन सानदार ढङ्गबाट बाचौँ । सबैजना सुरक्षित रहुन् !
    (लेखक पराजुली जनस्वास्थ्य अधिकृत हुन् ।)


    क्याटेगोरी : मुख्य समाचार, विचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस