• The Public Today
  • नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो


    काठमाडौं, जेठ ८ गते । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    बिहीबार गरिएका परीक्षणबाट थप  ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। देवकोटाका अनुसार संक्रमितहरु झापका ८ र रुपन्देहीका एक जना रहेका छन्।

    योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४५३ पुगेको छ। तीमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ।

    यसअघि बिहीबार बिहान थप १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस