• The Public Today
  • प्रहरी देख्नेबित्तिकै फरार व्यक्तिको झोलाभित्र १० लाख भेटिएपछि…


    जेठ ८ गते : रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ९, डिमुरिया भन्ने स्थानमा बिहीबार बिहान आफूलाई देख्नेबित्तिकै भागेका व्यक्तिको भोलाभित्र १० लाखभन्दा बढी रकम भेटिएपछि प्रहरी छक्क परेको छ।

    रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) रविराज खड्काका अनुसार ना ५४ प २११६ नम्बरको मोटरसाइकललाई सवार ती व्यक्ति गस्तीमा रहेको प्रहरी टोलीलाई देख्नेबित्तिकै झोलासहित मोटरसाइकल छाडेर भागेका हुन्। त्यो झोला खोलेर हेर्दा भित्र १० लाख ५ हजार रुपैयाँ फेला परेको हो।

    फरार व्यक्ति खोज्ने क्रममा एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको एसपी खड्काले नेपालखबरलाई जानकारी दिए।

    ‘ती भाग्ने व्यक्ति नैै हुन् भन्ने हामीलाई लागेको छ,’ बिहीबार अपराह्न एसपी खड्काले टेलिफोनमा भने, ‘त्यत्रो पैसा कहाँबाट किन ल्याए र प्रहरीलाई देख्नेबित्तिकै भाग्नाको कारण के हो, यसबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको छ।’

    यसभन्दा बढी अहिले अरू नखुलेको उनले बताए। ‘अहिलेलाई यत्ति मात्रै भन्न सक्छौं,’ उनले भने, ‘के कसो भन्ने बाँकी कुरा हामी अनुसन्धान गर्दै छौं। अहिले धेरै कुरा भन्न मिल्दैन।’

    अहिले बरामद रकम, मोटरसाइकल तथा पक्राउ परेका व्यक्ति रौतहट जिल्ला प्रहरी कार्यालयकै नियन्त्रणमा रहेको एसपी खड्काले जानकारी दिए। नेपालखबर


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस