लकडाउनको मारमा तरकारी किसान (फोटोफिचर)

  • संजय सिंह कुशवाहा

गौशाला, जेठ ९ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन जारी गरेको छ ।

लकडाउनको प्रभाव हरेक क्षेत्रमा परेको छ। कृषि क्षेत्रका अन्य काममा भने किसानलाई लकडाउनले छेकेको छैन। कम प्रभाव पारेको भनेको कृषि क्षेत्रलेसमेत बजार नपाएर किसान पीडित बनेका छन् ।

लकडाउनले बजार नपाएपछि महोत्तरीका तरकारी उत्पादक किसानहरु पनि मर्कामा परेका छन् । बजार नपाएपछि आफूहरु थप मारमा परेको महोत्तरीको गौशाला नगरपालिका-८ भन्टाबारीका किसान मिथुन महतोको गुनासो छ ।

लकडाउनका कारण बजार नपाउँदा अधिकांश तरकारी कुहिने र सडिने अवस्थामा पुगेको स्थानीय किसान जयप्रकाश महतोले दुखेसो पोखे ।

कसैले आफ्नै नीजि खेतबारीमा तरकारी उब्जाएका छन् भने कतिले त अरूसँग ठेक्कामा लिएर पनि तरकारी उब्जाएका छन्, अर्का एक स्थानीय किसान धनेश्याम महतो भन्छन् ‘ठेक्कामा लिएर तरकारी उब्जाउने किसानहरू थप समस्यामा परेका छन् ।’

तस्वीरमा हेर्नुहोस् बजार नपाएपछि महोत्तरीको गौशाला नगरपालिका-८ भन्टाबारीका किसानको थन्केको तरकारी ।

तस्विर : संजय सिंह कुशवाहा/महोत्तरी