• The Public Today
  • ब्राजिलमा २४ घण्टामा १ हजार १५३ संक्रमितको मृत्यु


    जेठ ९ गते : ब्राजिलमा कोरोना भाइरसको संक्रण तिव्र गतिमा फैलिरहेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार १५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    ब्राजिलमा हालसम्म २० हजार ४७ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा १६ हजार ७३० संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा ३ लाख १० हजारमा संक्रमण देखिसकेको छ ।

    संक्रमित मध्ये १ लाख २५ हजार ९६० जना निको भइसकेका छन् । १ लाख ६४ हजार ८० उपचार गराइरहेका छन् । ८ हजार ३१८ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस