• The Public Today
  • मुसहरको देशप्रेम : पिलर नम्बर– ३०४ !


    • राजकरण महतो

    कुरा गर्दै छु, पिलर नम्बर– ३०४ को । जसको रक्षक छन्, बर्दिविहिन नेपाली नागरिक मुसहर । महोत्तरीको सदरमुकाम जलेश्वर भन्दा दक्षिणमा पर्छ, मधवा । नेपाल–भारत बोडरमै छ, मधवा गाउँ । स–साना घरहरुले मधवास्थित मुसहर बस्तीको परिचय दिएको छ ।

    मुसहरहरुले नेपाली भूमी मात्रै रक्षा गरेका छैन, एसएसबीको धाकधम्की सहेर राष्ट्रियतालाई पनि बचाएर राखेका छन् । देशप्रेमको भावना मुसहरहरुको मनमटुमा भरिएको छ । जो दिनरात नेपाली भूमीको रक्षा मात्रै गरिरहेका छैनन्, नेपाली पिलर जोगाउन चार पुस्तैं विताइदिए ।

    खरकै टाटी छ । घाम, पानी, हवाहुरी, शितलहर छेक्ने जिम्मा पनि निर्जिव खरकै छ । गाउँ पुग्दा भेटिए, ५६ बर्षीय सिकेन्द्र मुसहर । उनले सीममा बस्दा भोगिरहेको दुःख सुनाए । सीमा उनी मात्रै होइन्, उनका हजुरवुवा मंगल, वुवा रामसन्जोग यहिं भूमिमा पुस्ता बिताएर संसार छाडे । उनी जस्ता मधवा गाउँका धेरै मुसहरले छोरा नातीलाई पिलर बचाइराख्न सुम्पेर गए ।

    पुस्तौंनी दुःख सुनाउँदै उनले भने, भारतीय प्रहरी बुटबजार्दै बस्ती पस्छन्, घर भत्काएर जान्छन् । फेरी सीमामै घर बनाएर बस्छौं । बेरोजगरीले जीवन थिचिदिएको छ । पेटपाल्न भारतीय बजारमा काम खोज्नु पर्छ । कमाएर घर फर्किदा एसएसबीले बाटैमा दाल, चामल, तरकारी खोसिदिन्छ । मुख लगाएर पिटिदिन्छ ।

    दिन कमाउँछ, राती खान्छन् । नकमाए मुखमा माड लाग्दैन । चुनाव आउँछ, भोट लिन नेताहरु गाउँ पस्छन् । जितेर गएपछि नेता फर्केर आउँदैन्न । नेता भेट्न फेरि मुसरहरुलाई अर्को चुनावै आउनु पर्छ ।

    -राजकरण महतो पत्रकार

    सिकेन्द्रले मधवा गाउँ देखाउँदै भने, बोडरमा बस्न दिन्नौं भन्दै एसएसबीले घर भत्काइदिन्छ । घर बनाउने जमिन छैन । भारतमा बनि गरेर पेट पाल्छौं । घडेरी किन्ने पैसा छैन, कहाँबाट ल्याउ ।’

    मनराशिशवा नगरपालिका–१० मधवामा बसोबास गर्ने सिकेन्द्र सीमा रक्षा गर्न पाएकोमा गर्व महसुस गर्छन् । तर, सरकारले दलित मुसहरको पीडामा मलहम पट्टी नगरेकोमा आक्रोसित छन् ।

    मधवा गाउँमा ६० घरपरिवार मुसरहरुको पुस्तौंनी बसोबास छ । गाउँमा म पुग्दा फेरि कोई नेता आयो भनेर सोंचे । उनीअरुले मलाई भने,‘पटक पटक चुनावमा भोट दिएर हामीले नेता जितायौं । जितेर नेताहरु हाम्रा लागि केही गरेन्न । भारतीय सिमा सुरक्षा बल (एसएसबी)को धम्की खाएर बरु हामी पिलर जोगाई रहेका छौं ।’

    ‘म पत्रकार हुँ , तपाईहरुको समस्या बुझ्न आएको छु,’भन्दा उनीहरुले घरका बाक्स खोले नागरिकता लिएर आए । गाउँलेहरुले भने,‘ हामी नेपाली नागरिक हौं । भारतीय प्रहरीले घर तोडेर भगाउँछन् । नेपाल तिरकाले यो बिहारी हो भनेर हेप्छन् । हाम्रो चार पुस्ता यहि बोडरमै बसेर बित्यो ।’ नेपाली होइन् भन्दा दुःख लाग्ने गरेको उनीहरु पीडा पोखे । ‘एक इन्च पनि सीमाना मिच्न हामीले दिएका छैनौं,’ सिकेन्द्रले भने,‘ पिलर मर्मत हुँदा र नयाँ गाड्नु पर्दा भारत र नेपाल दुवै देशका प्रशासन र हामी पनि त्यहाँ हुन्छौं ।’ नेपाली भूमी अतिक्रमण गरे चुप लागेर नबस्ने बताए ।

    बस्तीमा दुई वटा मात्रै चपाकल छ । गाउँभरीका तीन सयले त्यहीबाट प्यास मेटाउँछन् । गाउँमा भरीमा सबै भन्दा बढी पढ्ने एसएसली सम्मका छन् । ‘कमाइले खान त पुग्दैंन, बच्चाहरुलाई कसरी स्कूल पठाऔं,’उनले भनिन्,‘सरकारले गरिवका सन्तानलाई पढाउन सहयोग गर्नु पर्छ ।’

    बढीको बसोबास रहेको बस्तीमाबस्ती भरीमा ३०४÷२०,२१, २२ नम्बरको नेपाली पिलर भन्दा दक्षिण भारत तिर त कोही नेपाल तिरकोे दशगजा क्षेत्रमा घर बनाएर बस्न बाध्य छन् ।

    ७५ बर्षीय लक्ष्मी मुसहरलाई दशगजा क्षेत्रमा घर बनाएर बस्ने मन छैन । उनी भन्छन्,‘ वनी गर्न पनि भारती गाउँ नै पस्नु पर्छ । गाउँमा धुरकै लाख रुपैंया छ, पाँचसेर वनीले खान पुग्दैंन जमिन कसरी किन्ने र घर कसरी बनाउन महँगीले सोच्न पनि सकिदैंन ।’

    लक्ष्मीका छिमेकी जोगिन्द्र मुसहर भन्छन्,‘जसको जग्गा जमिन, इट्टाको घर, घरमा पंखा र सुत्ने पलंग छ, उनीहरुले नै सरकारको राहत पनि पाउँछन् ।’ नेपाली बस्ती मधवा गाउँ नजिकै भारतले आफ्नो भूमीमा अग्लो बाँध बाधेर सडक बनाएका छन् । प्रत्यके बर्ष बर्षामा डुवा हुदैं आएको स्थानीय भोला मुसहरले दुःखेसो पोखे ।
    ‘बाढीको पानी बाँधले छेकिदिन्छ । पानी बग्न नपाएर ताल झै हप्तौं दिन सम्म रहन्छ । हामी कहि कतै निस्किन पाउँदैनौं,’उनले भने,‘जब अकाश कालोनिलो हुन्छ, डुब्छौं कि भनेर चिन्ता हुन्छ ।’

    चार बर्षअघि भारतले बस्ती नजिकै भारतीय भूमीमा बाँध बाँधेपछि महोत्तरीको सीमावर्ती गाउँ मधवा, मरुवाही, सखरी, हलखोरी गाउँ डुबन हुदैं आइको लक्ष्मण मुसहरले सुनाए । तेत्री मुसहरले भनिन्,‘सरकारले हामीहरुलाई जग्गा दिएर घर बनाइदिए जीवनै खुसीयाली हुन्थ्यो ।


    क्याटेगोरी : अन्तरवार्ता, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस