• The Public Today
  • प्रदेश सरकारको राहत कोषमा नेपाल बंगलादेश बैंकको ५ लाख सहयोग


    जनकपुरधाम, जेठ ९ गते । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा नेपाल बंगलादेश बैंकले पाँच लाखको सहयोग गरेको छ।

    बैंकका प्रदेश कार्यालय बर्दिवास र जनकपुर शाखाका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्।

    उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको समेत उपस्थिति थियो।

    प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंकले सहयोग गरेका छन् भने केही समाजिक संस्था र उद्योगपतिले पनि सहयोग गरेका छन्।

    राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरेको छ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस