• The Public Today
  • अफताब आलमको घरमा प्रहरीको छापा, अवरोध भएपछि प्रहरीद्वारा १२ राउन्ड हवाई फायर


    काठमाडौं, जेठ ९ गते । नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको घरमा प्रहरीले छापा मारेको छ।

    १२ वर्ष अघिको बम विष्फोट र सामुहिक हत्याकाण्डमा पुर्पक्षमा लागि जेल चलान भएका आलमको भाइलाई खोजिरहेको प्रहरीले बिहीबार राति रौतहटस्थित उनको घरमा छापा मारेको हो। उनका भाई महताब आलम घरमा आएको भन्ने सुचनाको आधारमा प्रहरी छापा मार्न पुगेको थियो।

    राजपुर बम काण्डका कारण हाल कारागारमा रहेका आलमका भाइ पक्रिन जाँदा अवरोध भएपछि रौतहट प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ।

    २०६४ सालमा राजपुरमा भएको बम विस्फोटमा अफतावका भाइ मेहेताब आलम पनि एक मुख्य अभियुक्त भएको प्रहरीको दाबी छ।

    उनी राजपुरस्थित उनकै घरमा रहेको सूचना पाएर बिहीबार राति प्रहरी टोली पुग्दा स्थानीयले अवरोध गरेपछि बाध्य भएर १२ राउन्ड हवाई फायर गर्नुपरेकाे रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविराज खड्काले जानकारी दिए।

    तर उनी घरमा फेला नपरेको प्रहरीले जनाएको छ।

    रौतहट क्षेत्र नम्बर-२ का सांसद तथा पूर्वमन्त्री आफतावका भाइ मेहेताब हाल फरार छन्।

    २०६४ चैत २७ मा भएको घटनामा उनका दाइ सांसद अफताब आलम गत असोज २६ मा पक्राउ परेका थिए।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस