• The Public Today
  • पत्रकारका लागि कोरोना कोष स्थापना


    गुल्मी, जेठ १० गते । नेपाल पत्रकार महासङ्घ गुल्मीले कोरोना रोकथाम तथा उपचारका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ ।

    महासङ्घ जिल्ला कार्यसमितिको शुक्रबार साँझ बसेको बैठकले जिल्लामा क्रियाशील पत्रकार एवं सञ्चारकर्मीका लागि रु डेढ लाखको कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो ।

    पछिल्लो समय सञ्चारकर्मीमा पनि कोरोना संक्रमण देखिएकाले महासंघकै भवनलाई आइसोलेशन हाउस बनाउने निर्णय गरिएको पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए ।

    पत्रकार महासंघ गुल्मीले जिल्लामा क्रियाशील सञ्चारकर्मी र सञ्चारगृहलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रतिपत्रकारलाई २० थान मास्क र दुई मिलिलिटर सेनिटाइजर तथा प्रतिसञ्चारगृहलाई एक सय थान मास्क र एक लिटर सेनिटाइजर वितरण गरिएको पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्रीले जानकारी दिए । पत्रकार महासंघ गुल्मीलाई नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, प्रेस काउन्सिल, एकीकृत ग्रामीण विकास समाज, स्वास्थ्य कार्यालय, धुर्कोट गाउँपालिका, गुल्मी उद्योग वाणिज्य संघ र महेश फर्माले ती स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस