• The Public Today
  • कोरोना निको भएर नारायणी अस्पतालबाट ९ जना डिस्चार्ज


    काठमाडौं, जेठ १० गते । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएका छन् ।

    उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. उदयनारायण सिंहले जानकारी दिए ।

    डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् ।

    शनिबार ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । अन्य २५ जना संक्रमित भने गण्डक कोभिड अस्पतालमा उपचाररत छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस