• The Public Today
  • बुवाको स्मृतिमा गरिबलाई राहत !


    • रामबाबु यादव

    गौशाला, जेठ १० गते । यतिबेला कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले पनि गत चैत्र ११ गतेदेखि लकडाउन जारी गरेको छ । लकडाउनमा अतिविपन्न, गरिब तथा मजदुरहरु बढि प्रभावित भएका छन् । कतिपयको घरमा त चुलो नै बन्द हुने अवस्थामा पुगेको छ ।

    महोत्तरीमा एकजनाले आफ्नो बुबाको दोस्रो पुण्यतिथीमा गरिब तथा अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका–१ का राजु भनेर चिनिने रामकपुर साहले आफ्नो बुबाको स्मृतिमा गरिब, अतिविपन्न तथा ज्यालादारी गरी जीवनयापन गरिरहेका मजदुरहरुलाई राहत वितरण गरेका हुन् ।

    बुवाको आत्माको शान्तिका निम्ति १ सय ६५ गरिब तथा अतिविपन्न परिवारलाई राहत वितरण गरेको उनले बताए । साहले प्रतिपरिवार ५ किलो आटा, १ किलो नुन, आधा लिटर खानेतेल, सोयाबिन र चाउचाउ वितरण गरेको जनाए ।

    साहको बुवा रामबाबु मेहतरी सुडीको २०७५ जेष्ठमा निधन भएको थियो ।

    यसअघि साहले जलेश्वरस्थित रहेको आफ्नो घरको एक महिनाको घरभाडा छुटको घोषणा गरेका थिए ।


    यो पनि – महोत्तरी : राहत बाँडेर १० बर्षीय बालकले मनाए जन्मदिन !



    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस