• The Public Today
  • कोरोनाका कारण सुन खानीको काम रोकियो


    जेठ १२ गते : दक्षिण अफ्रिको सुन खानीमा कार्यारत १६४ कर्मचारीमा कोरोना संक्रमण देखिए पछि विश्वकै गहिरो सुन खानी पोनेन्ग सुन खानीको काम बन्द भएको छ ।

    एक महिना बन्द भएको यो सुन खानीमा पुनः काम सुरु भएको एक महिना भएको थियो । कोरोना संक्रमण रोक्न मार्चमा एक महिना लकडाउन गरिएको थियो । उक्त समय सुन खानी बन्द गरिएको थियो ।

    दक्षिण अफ्रिकामा अहिले जसमा कोरोना संक्रमण देखिएको छ, उनीहरुमा कोरोनाको लक्षण नदेखिएको बीबीसीले जनाएको छ ।

    पोनेन्ग सुन खानीका एग्लोगाल्डले सुन खानीमा कार्यरत सबैलाई आइसोलेसनमा राखिएको छ । गत हप्ता कोरोना संक्रमण पहिलोपटक देखिए पछि ६५० कर्मचारीमा परीक्षण गरिएको थियो । एजेन्सी


    क्याटेगोरी : अर्थ, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस