• The Public Today
  • ब्राजिलमा पछिल्लो २४ घण्टामा धेरै कोरोना संक्रमितको मृत्यु


    जेठ १२ गते : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण अमेरिकामा भन्दा ब्राजिलमा धेरैको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा ७०३ जनाको मृत्यु भएको छ । सोही अवधिमा अमेरिकामा ६१७ जनाको मृत्यु भएको छ ।

    सोही अवधिमा संक्रमित भने ब्राजिलमा भन्दा अमेरिका बढी थपिएका छन् । अमेरिकामा १९ हजार ६१७ संक्रमित २४ घण्टामा थपिँदा ब्राजिलमा १६ हजार २२० संक्रमित थपिएका छन् ।

    पछिल्ला दुई हप्ता यता ब्राजिलमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । अमेरिका पछि ब्राजिल सबैभन्दा धेरै कोरोना संक्रमित हुने देश हो । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस